वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले १०० सिट नपाए गठबन्धन हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता काइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका हुन् ।
अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् ।
उनले भने, ‘कांग्रेस कमजोर छैन । एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’
पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij