Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्थानीय निर्वाचनको आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

स्थानीय निर्वाचनको आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

  • 376
    SHARES
  • स्थानीय  निर्वाचनको आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

    कानठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

    शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए ।

    उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।’

    कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने उनको भनाइ छ । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनले बताए ।

    अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए ।

    निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij