Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जुवातास खेलिरहेको ८ जना पक्राउ

जुवातास खेलिरहेको ८ जना पक्राउ

  • 549
    SHARES
  • जुवातास खेलिरहेको ८ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij