Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने 

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने 

  • 383
    SHARES
  • चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने 

    एजेन्सी, बेइजिङ । चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीहरूलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ । साथै भारतीयहरूलाई व्यापार भिसासहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ ।

    ‘भारतीय विद्यार्थीहरूलाई हार्दिक बधाई ! तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ१’ चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् ।

    उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij