वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गत २४ घण्टामा ४७९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण कसैको निधन भएको छैनन्।
योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij