Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्पेनिस ला लिगा : रियल मड्रिडको दोस्रो जित

स्पेनिस ला लिगा : रियल मड्रिडको दोस्रो जित

  • 614
    SHARES
  • स्पेनिस ला लिगा : रियल मड्रिडको दोस्रो जित

    काठमाडौं । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको छ ।

    करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । दुबै गोल पेनाल्टीमा भएको थियो ।

    यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । त्यस्तै भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे । 

    खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् ।

    यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ । दुई खेल ला लिगामा । यससंगै रियल ला लिगाको शीर्ष स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij