Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

  • 407
    SHARES
  • ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

    विराटनगर । ज्येष्ठ नागरिकको बाँकी जीवन सहज बिताउन विराटनगर महानगरपालिका-११ मा ज्येष्ठ नागरिक सामुदायिक भवन बनाइएको छ ।

    भवन एवम् जग्गा खरिदका लागि प्रदेश नं-१ सरकारको ५ लाख, विराटनगर महानगरपालिकाको ४० लाख र चिरञ्जीवी दाहालबाट निःशुल्क प्राप्त आठ धुर जग्गा र स्वदेश तथा विदेशका विभिन्न दाताबाट ९० लाख सहयोग गरेको छ ।

    सामुदायिक भवनको लागि १६ धुरजग्गा ६३ लाखमा खरिद गरी ७० लाखमा दुई हजार आठ सय वर्ग फिटमा एक सभा हलसहित भवन बनाइएको हो ।

    सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई विज्ञद्वारा मनोरञ्जन, विभिन्न विषयमा ज्ञान प्रदान, भवनकीर्तन, आधुनिक प्रविधिको विषयमा जानकारी दिनुका साथै बिहान योग कक्षा सञ्चालन गरिने छ ।

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भवनको शुक्रबार उद्घाटन गर्दै ज्येष्ठ नागरिक जिउँदो इतिहास र राष्ट्रका गहना भएकाले उनीहरूबाट प्राप्त अनुभव समाज र राष्ट्रको विकासमा लगाउनुपर्नेमा जोड दिए ।

    भवन निर्माण र जग्गा खरिदका लागि ३ सय दाताले ३ लाख १ सय ११ देखि तीन सय ५८ सम्म सहयोग गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij