Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नागरिकता विधेयकमा एमालेले राजनीति गरेको नेता पुनको आरोप

नागरिकता विधेयकमा एमालेले राजनीति गरेको नेता पुनको आरोप

  • 464
    SHARES
  • नागरिकता विधेयकमा एमालेले राजनीति गरेको नेता पुनको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजनीतिक गरेको आरोप लगाएको छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेता पुनले एमालेलाई उक्त आरोप लगाएका हुन् ।

    वैबाहिक अंगीकृत नागरिकताको विषयमा छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सबै दल मिलेर विधेयक पारित गराउनुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘स्वभाविक रूपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij