Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गाजा हिंसाबारे सुरक्षा परिषद्को बैठक

गाजा हिंसाबारे सुरक्षा परिषद्को बैठक

  • 426
    SHARES
  • गाजा हिंसाबारे सुरक्षा परिषद्को बैठक

    एजेन्सी । गाजाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदले आपत्कालीन बैठक बोलाएको छ ।

    तीन दिनको घातक द्वन्द्वपछि इस्लामिक जिहाद लडाकू र इजरायलबीचको अस्थायी युद्धविराम भइरहेका बेला परिषद्ले आपत्कालीन बैठक बोलाएको हो ।

    इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका थिए ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लोे लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् । सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । गाजा हिंसाको अफ्रिकन युनियनलगायतले विरोध गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij