Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कुलो बगाउँदा विद्युत आपूर्ति बन्द

कुलो बगाउँदा विद्युत आपूर्ति बन्द

  • 387
    SHARES
  • कुलो बगाउँदा विद्युत आपूर्ति बन्द

    संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको छ । सिलिचोङ-१ को सिसुवाखोला, वडा नं-२ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको हो ।

    निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत् गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए ।

    पहिरोले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युतको प्रसारण ठप्प भएको उनले बताए । विद्युत् अपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरूद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij