Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोभिडका कारण चीनको हवाईमा ८० हजार पर्यटक फसे

कोभिडका कारण चीनको हवाईमा ८० हजार पर्यटक फसे

  • 356
    SHARES
  • कोभिडका कारण चीनको हवाईमा ८० हजार पर्यटक फसे

    एजेन्सी, बेइजिङ । अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् ।

    ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतबार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो । 

    कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij