Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाँदर धपाउन बन्दुक वितरण

बाँदर धपाउन बन्दुक वितरण

  • 514
    SHARES
  • बाँदर धपाउन बन्दुक वितरण

    काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका किसानहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो ।

    बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्नै छाडेका हुन् । बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताए ।

    राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक २ हजार सात सयमा खरिद गरेर किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने, ‘बादरले बालीनाली खाएर किसानले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।’

    अध्यक्ष अधिकारीले भने, ‘बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १२६ बन्दुक बाँडेका छौँ । यसको उपयोगिता राम्रो देखियो भने अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।’

    वडामा १४/१४ वटाका दरले १२६ थान बन्दुक वितरण गरिएको छ । अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij