Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

  • 360
    SHARES
  • गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

    काठमाडौं । लुम्बिनी विकास कोष परिषद्ले लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज गरेको छ ।

    कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठटको अध्यक्षतामा बसेको बैठकले गत १९ जेठमा बसेको कार्यकारिणी समितिको बैठकबाट समसर्मा वेलनेस रिसोर्टलाई क्याम्पेन ग्राउन्डको जग्गामा निर्माण गर्न दिनेसम्बन्धी निर्णय खारेज भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

    लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको हो । यसले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ ।

    परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने भएको छ ।

    परिषद् बैठकमा सदस्य सचिव सानुराजा शाक्यले प्रस्तुत गरेको कोषको आव २०७९/०८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गरेको आव २०७९८० को बजेट पारित भएको छ ।

    notice.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij