Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लगातारको वर्षाले घरहरू डुबानमा

लगातारको वर्षाले घरहरू डुबानमा

  • 314
    SHARES
  • लगातारको वर्षाले घरहरू डुबानमा

    पोखरा । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका-१३ कमलपोखरी क्षेत्रका घरहरू डुबानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।

    काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बस्ती डुबानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उनले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताए ।

    कमल पोखरी क्षेत्रमा बर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उनले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij