Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एक हजार क्षमताको होल्डिङ सेन्टर निमार्ण हुँदै

एक हजार क्षमताको होल्डिङ सेन्टर निमार्ण हुँदै

  • 381
    SHARES
  • एक हजार क्षमताको होल्डिङ सेन्टर निमार्ण हुँदै

    वीरगञ्ज । पर्साको वीरगञ्जमा करिब १ हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ ।

    निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना संक्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो ।

    ‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, दाहालले भने । निमार्णाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब २८ करोडको लागतमा भवन निर्माण गरिएको हो ।

    निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र १ हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन् । ९ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए ।

    सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो ।

    २०७८ साल वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो ।

    पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सूचकांक फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij