वेबटिभी खबर
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ ।
निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउनमा सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रूलिङ गरेका थिए । सोही रूलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij