Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

  • 453
    SHARES
  • मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

    काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक तीन महिने बालकको मृत्युभएपछि आफन्तले स्वाथ्यकर्मीहरूलाई कार्यकक्षमै थुनेका छन् ।

    उपचारमा चिकित्सकहरूले लापरवाही गरेको आरोप लगाउँदै उनीहरूले बिहीबार अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरि १२ जना स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुनेका हुन् ।

    भरतपुर महानगरपालिका-१५ का शोभा लम्साल र राम लम्सालका ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि आज बिहान १० बजे अस्पताल लगेका थिए । तर बालकको उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको थियो ।

    पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको आरोप लगाएका छन् । उपचार गर्न  छाडेर चिकित्सक र नर्सहरु जन्मदिन मनाउन लागेको मृतकका आफन्तको आरोप छ ।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले चिकित्सकले बालकलाई बचाउन प्रयास गर्दा पनि सकेको बताए । उनका अनुसार दूध सर्किएर बच्चाको मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij