वेबटिभी खबर
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुह रू आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।
सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रूपैयाँको वस्तुहरू विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रूपैयाँको वस्तुह रू आयात गरेको थियो ।
अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रूपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij