वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेर निर्वाचित भएका हुन् ।
मतगणना सकिए पनि आधिकारिकरूपमा मतपरिणाम घोषणा भइसकेको छैन । त्यस्तै लम्साल प्यानलकै दिलिप पौडेल महासचिवमा र वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् ।
त्यस्तै खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल पनि निर्वाचित भएका छन् ।
यसैगरी अर्को खुला उपाध्यक्ष कोटामा भिष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । यी भने संस्थापन पक्षका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij