Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

  • 600
    SHARES
  • कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

    झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ।

    आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको हाे ।

    सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट ९ अर्ब ४ करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ । निर्यातको तुलनामा करिब १ अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्यांकले देखाउँछ ।

    कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री १ अर्ब २१ करोड ९ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन १ अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री ५ अर्ब ४ करोड २५ लाख २८ हजार आयात भएको छ ।

    उनले सोही अवधिमा ताजा तरकारी ६ करोड ६४ लाख ९५ हजार, सुगनकोकिला, दालचिनीलगायतका जडीबुटी ७० करोड ५ लाख ३० हजार, मुसुरो दाल ४७ करोड ३२ लाख ७ हजार, चिया २ अर्ब २२ करोड ५६ लाख १५ हजार, अदुवा, अलैंची, वनलसुन ४ अर्ब ६६ करोड ३६ लाख २ हजार, तोरीको पिना, अम्रिसो, चामल ७४ करोड ८३ लाख ८४ हजार गरी जम्मा ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको सामान निर्यात भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij