Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

  • 380
    SHARES
  • स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

    काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडानम्बर १ फयालगाउँमा  एकजना महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।

    फयालगाउँस्थित सामुदायीक स्वास्थ्य ईकाइ केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडानम्बर १ मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माएकी हुन् ।

    गाउँपालिकाबाट यस अघिनियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती गराउन पुगेकी विक फर्किदै गर्दा बाटोमै बच्चा जन्माएकी हुन् ।

    कार्तिके विक र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij