Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

लमजुङका स्थानीय तहमा २१ करोड रूपैयाँबढी बेरूजु

लमजुङका स्थानीय तहमा २१ करोड रूपैयाँबढी बेरूजु

  • 339
    SHARES
  • लमजुङका स्थानीय तहमा २१ करोड रूपैयाँबढी बेरूजु

    काठमाडौं । लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरूजु देखिइको छ । आर्थिक वर्ष ०७७/०७८ मा कार्यान्वयनमा रहेको ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रूपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रूपैयाँ बेरूजु देखाइएको हो ।

    महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरूजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रूपैयाँ बेरूजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

    जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरूजु देखिएको छ । लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा ३ करोड ७७ लाख २३ हजार रूपैयाँ बेरूजु देखिएको उल्लेख छ ।

    यसैगरी राईनास नगरपालिकामा लेखा परीक्षण गरिएको कुल रकमको तीन दशमलव ३२ प्रतिशत बेरूजु देखिएको छ । राईनासमा मात्रै तीन करोड २७ लाख ६४ हजार रूपैया बेरूजु देखिएको हो । 

    सुन्दरबजार नगरपालिकामा पनि लेखा परीक्षण गरेको रकमको तीन दशमलव २४ प्रतिशत अर्थात तीन करोड ७८ लाख ६४ हजार रूपैयाँ बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    जिल्ला सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकामा भने दुई दशमलब ३३ प्रतिशत अर्थात दुई करोड ७० लाख ६४ हजार रूपैयाँ बेरूजु देखिएको छ भने दोर्दी गाउँपालिकामा एक दशमलव ९० प्रतिशत अर्थात दुई करोड २१ लाख ४३ हजार रूपैयाँ बेरूजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

    जिल्लाको क्होलासोँथार गाउँपालिकामा एक दशमलव ८७ प्रतिशत अर्थात एक करोड आठ लाख ४० हजार रूपैयाँ बेरूजु देखिएको छ भने  जिल्लामै सबैभन्दा कम दुधपोखरी गाउँपालिकामा एक दशमलव ८० प्रतिशत अर्थात ९२ लाख ६८ हजार रूपैयाँ मात्रै बेरूजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

    जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रूपैयाँ बेरूजु देखिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij