वेबटिभी खबर
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।
गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
रोपाइँको तथ्यांक प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गत वर्षको तुलनामा करिब ८ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ ।
विशेषगरी प्रदेश नं-१, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो । मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ ।
रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij