Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चट्याङ लागेर ५२ जनाले गुमाए ज्यान

चट्याङ लागेर ५२ जनाले गुमाए ज्यान

  • 416
    SHARES
  • चट्याङ लागेर ५२ जनाले गुमाए ज्यान

    काठमाडौं । पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्म तीन महिनाको अवधिमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार सो अवधिमा देशभर १४८ वटा चट्याङका घटनामा परी १२३ जना घाइते भएका छन् । चट्याङबाट २०९ परिवार प्रभावित भएको छ ।

    चट्याङले १० घरमा आंशिक र ४ घरमा पूर्ण क्षति गरेको छ । चट्याङ लागेर ४२४ वटा चौपाया मरेका छन् । पछिल्लो तीन महिनामा चट्याङले २५ लाख ४२ हजार रूपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । 

    केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ । केन्द्रको तथ्याङकअनुसार चट्याङ लागेर सबैभन्दा बढी बाग्लुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ । बाग्लुङमा ५, मकवानपुरमा ३ र प्युठानमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

    गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए । गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रूपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # चट्याङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij