Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

  • 376
    SHARES
  • दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन् ।

    संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गरेपछि पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

    विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडासदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् ।

    देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारू, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यकासाथ पार्टीको जन्म भएको यथार्थलाई उपेन्द्र यादवले उल्टाएको उनीहरूले आरोप छ ।

    पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij