Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उत्कृष्ट २० कृषक पुरस्कृत

उत्कृष्ट २० कृषक पुरस्कृत

  • 353
    SHARES
  • उत्कृष्ट २० कृषक पुरस्कृत

    लमजुङ । बेसीशहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरूप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र र जनही १० हजारबाट पुरस्कृत गरेको हो ।

    नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैसी पालनतर्फ, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

    सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर-१ बाट देविमाया खवास, गुणराज दवाडी, सिताराम लोहनी, वडा नम्बर- बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर-३ बाट लक्ष्मी थापा, वडा नम्बर-६ बाट विश्वराज थापा, वडा नम्बर-७ बाट सुरज पौडेल, वडा नम्बर-८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर-९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर-१० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योती राउत र वडा नम्बर-११ बाट दुर्गाबहादुर अधिकारी र रामजी पाण्डे छन् ।

    कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधान र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए । किसानहरूको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई छ ।

    नगरप्रमुख अर्यालले किसानहरुको हित र ब्यबसाय प्रर्वर्द्धन गर्ने उदेश्यले आगामी बर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij