वेबटिभी खबर
काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस नेतृ डा.आरजु देउवाबीच भेटघाट भएको छ ।
उपचारका लागि केही दिन अघिदिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनःभेटघाट भएको हो ।
सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्रीभोजमा प्रचण्ड र आरजु देउवाबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले आजै भारतीय बिदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij