Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

  • 456
    SHARES
  • वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो ।

    नयाँ आर्थिक वर्ष २०७९/८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिनेछ ।

    त्यसका लागि कार्य तालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिइन् । पालिकाको केन्द्रमा रहेको बैंकमार्फत उक्त भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा-जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij