Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सभापति आफूलाई दिनुपर्ने माग राख्दै एमालेले गर्याे लेखा समिति बैठक बहिष्कार

सभापति आफूलाई दिनुपर्ने माग राख्दै एमालेले गर्याे लेखा समिति बैठक बहिष्कार

  • 407
    SHARES
  • सभापति आफूलाई दिनुपर्ने माग राख्दै एमालेले गर्याे लेखा समिति बैठक बहिष्कार

    काठमाडौं । सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो ।

    बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

    दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि एमाले सांसदहरु बैठक छोडेर हिँडेका हुन् ।

    मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।

    समिति बैठकमा बिशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम  कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतम हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

    सभापति फेरिएपछि मात्रै लेखा समितिको काम कारबाहीमा भाग लिने एमालेको अडान छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij