Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अदुवाले बजार नपाउँदा लमजुङका किसान चिन्तित

अदुवाले बजार नपाउँदा लमजुङका किसान चिन्तित

  • 668
    SHARES
  • अदुवाले बजार नपाउँदा लमजुङका किसान चिन्तित

    काठमाडौं । लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरि उत्पादन गरेको करिब १० क्विन्टल अदुवाले बजार नपाएको हो ।

    प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको हो ।

    ४० रोपनीबढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भए पनि पाँच रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन् ।

    उत्पादित अदुवामध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरि राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताए  ।

    प्रतिकेजी १५० रूपैयाँसम्म तिरेर सल्यानदेखि बीउ खरिद गरि अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रूपैयाँसम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाइ छ ।

    सामूहिक खेतीका लागि राइनास नगरपालिकाले गत वर्ष मसलाबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब ८ लाख बराबरको हातेक्याक्टर, औजार उपकरण र अदुवा तथा हलेको बीउ सहयोग गरेको थियो ।

    नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै सामूहिक खेतीतर्फ उत्साहित बनेका  किसानहरूले आलु खेतीसमेत गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij