Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

केन्द्रीय समिति बैठक अघि कोइराला समूहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने

केन्द्रीय समिति बैठक अघि कोइराला समूहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने

  • 430
    SHARES
  • केन्द्रीय समिति बैठक अघि कोइराला समूहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थाले पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ । 

    काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयमा पुगेको हो । 

    शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारवाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij