वेबटिभी खबर
काठमाडौं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् भने अन्तिम ३२औं नम्बरमा शारदाप्रसाद चौधरीकाे नाम सिफारिस भएकाे छ ।
यसैगरी दोस्रो नम्बरमा सिद्धिविक्रम शाह र तेस्रोमा सुशीलसिंह राठौरकाे नाम सिफारिस भएकाे छ ।
त्यस्तै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा परेका छन् । उनको नाम १८औं नम्बरमा रहेको छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij