Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बुढीगंगा नगरपालिकाका ४ वडामा एमालेका उम्मेदवार निर्वाचित

बुढीगंगा नगरपालिकाका ४ वडामा एमालेका उम्मेदवार निर्वाचित

  • 344
    SHARES
  • बुढीगंगा नगरपालिकाका ४ वडामा एमालेका उम्मेदवार निर्वाचित

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

    उनका अनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

    बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुदाँ मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् ।

    उनका प्रतिदवन्दी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकी  मायाँ कुमारी खड्का ९कुवँर०ले  २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् ।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij