Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चिउरी संरक्षण गर्न बिरूवा रोप्ने अभियान सञ्चालन

चिउरी संरक्षण गर्न बिरूवा रोप्ने अभियान सञ्चालन

  • 1.3K
    SHARES
  • चिउरी संरक्षण गर्न बिरूवा रोप्ने अभियान सञ्चालन

    उदयपुर । जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा पाइने महत्वपूर्ण तथा उपयोगी वनस्पति हिजोआज लोप हुँदै गइरहेको चिउरी संरक्षणका गर्न एक वर्षभित्र १ लाख बिरूवा रोप्ने अभियान सञ्चालन गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पालिकाले लोपोन्मुख चिउरी संरक्षणका लागि मात्र झन्डै १ करोड ५० लाख बजेट विनियोजन गरिसकेको जानकारी दिए ।

    आगामी आर्थिक वर्षबाट चिउरीको वृक्षरोपण गर्ने र त्यसपछिका वर्षसम्ममा पालिकाका सबै वडाहरूका गाउँ र टोलटोलमा १ लाख बराबर बिरूवा रोपिने अध्यक्ष राईले बताए ।

    उनले भने, ‘चिउरी र हाम्रो पुर्खाहरूको साइनो धेरै पुरानो हो, हिजो हाम्रा पुर्खाहरूदेखि नै गाउँघरमा चारैतिर पाइने र संरक्षण गर्दै आएको चिउरी लोप हुने अवस्थामा पुगेको छ, चिउरीको फलको रस हाम्रो नसानसामा छ, यस कारण पनि यसको संरक्षणका लागि पालिकाले बजेट नै व्यवस्थापन गरेको हो ।’

    सो पालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार चिउरी संरक्षण गर्ने अभियान पालिकाले यस पटकदेखि सञ्चालन गरेको र यसका धेरै फाइदा रहेको बताए ।

    वातावरण तथा पर्यावरण सन्तुलनका लागि गाईवस्तुलाई घाँस र मौरीपालनका लागि चिउरी अति नै उपयोगी हुने कारण पालिकाले अब लोपोन्मुख हुँदै गइरहेको चिउरी संरक्षणका लागि बजेट नै व्यवस्थापन गरेर बिरुवा रोप्ने अभियान सुरु गरेको उनको भनाइ छ ।

    चिउरीका बिरूवा हुर्काउनका लागि पालिकाको वडा नं ४ जाँते, १ बराह र ३ ताम्लीछामा कृषि प्राविधिकको सल्लाह तथा सहयोगमा नर्सरी प्लान्ट निर्माण गरिने पालिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij