Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फलफूल र तरकारीको बजार मूल्य

फलफूल र तरकारीको बजार मूल्य

  • 347
    SHARES
  • फलफूल र तरकारीको बजार मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।

    आज अंगुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, अदुवा ६५ रूपैयाँ, अनार ३७५ रूपैयाँ, दसहरी आँप १५५ रूपैयाँ, मालदह आँप १४५ रूपैयाँ, आभोकाडो ५२५ रूपैयाँ, रातो आलु ५४ रूपैयाँ, मुडेको रातो आलु ३९ रूपैयाँ, सेतो आलु ४२ रूपैयाँ ५० पैसा, इमली १५० रूपैयाँ, स्थानीय काउली ५५ रूपैयाँ, लोकल काक्रो ११० रूपैयाँ, हाइब्रीड काक्रो ६५ रूपैयाँ, कागती १६० रूपैयाँ, किवि ५२५ रूपैयाँ र कुरीलो २७५ रूपैयाँ रहेको छ ।

    त्यस्तै हरियो अकबरे खुर्सानी प्रतिकेजी १३५ रूपैयाँ, लोकल गाजर ९५ रूपैयाँ, गान्टे मूला ७५ रूपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९५ रूपैयाँ, टनेल गोलभेडा ६२ रूपैयाँ ५० पैसा, घिउ सिमी राजमा १३५ रूपैयाँ, लोकल सिमी ५५ रूपैयाँ, घिरौला ४५ रूपैयाँ, चिचिण्डो १७ रूपैयाँ ५० पैसा, चुकुन्दर ७५ रूपैयाँ, कन्य च्याउ २७५ रूपैयाँ, डल्ले च्याउ ३२५ रूपैयाँ, जुनार २१० रूपैयाँ, झिगूनी ४७ रूपैयाँ ५० पैसा, हरियो तरबुजा १३५ रूपैयाँ, छडी माछा २४० रूपैयाँ, रहु माछा ३१० रूपैयाँ, मुंगरी माछा २८० रूपैयाँ, तामा १३५ रूपैयाँ, तितो करेला ४५ रूपैयाँ, तोफु ११५ रूपैयाँ, बन्दा, परवर, पिंडालू, न्यूरो र तोरीको साग ५५ रूपैयाँ रहेको छ ।

    सुकेको भारतीय प्याज ३९ रूपैयाँ, हरियो प्याज २७५ रूपैयाँ, पाकेको फर्सी ३२ रूपैयाँ ५० पैसा, तने बोडी ३५ रूपैयाँ, ब्रोकाउली १३५ रूपैयाँ, भटमासकोशा १९० रूपैयाँ, भिण्डी, भन्टा डल्लो ३५ रूपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रूपैयाँ, भेडे खुर्सानी १०० रूपैयाँ, मकै बोडी ६५ रूपैयाँ, लोकल सेतो मूला ३५ रूपैयाँ, भारतीय मेवा १३५ रूपैयाँ, रायोको साग ९५ रूपैयाँ, रूख कटहर ३५ रूपैयाँ, लसुन सुकेको चाइनिज १५० रूपैयाँ, लसुन सुकेको नेपाली ११५ रूपैयाँ, लौका ४५ रूपैयाँ, सेलरी २७५ रूपैयाँ, फूजी स्याउ २८० रूपैयाँ र हरियो धनिया ६० रूपैयाँ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फलफूल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij