Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मणिपुर पहिरोमा ४८ जनाको मृत्यु

मणिपुर पहिरोमा ४८ जनाको मृत्यु

  • आषाढ २१, २०७९ मंगलवार १८:४२ बजे
  • 377
    SHARES
  • मणिपुर पहिरोमा ४८ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ ।  बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मारिएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । 

    पहिरो गएको छैटौँ दिन मंगलबार पहिरोमा पुरिएकाको पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् ।

    पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध धजस्तै संरचना निर्माण भएको छ । थुनिएको पानीले निकास पाएपछि तल्लो तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij