Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शेखर कोइराला पक्षको बैठक भोलि पुन: बस्ने 

शेखर कोइराला पक्षको बैठक भोलि पुन: बस्ने 

  • 421
    SHARES
  • शेखर कोइराला पक्षको बैठक भोलि पुन: बस्ने 

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पुन: बस्ने भएको छ । 

    बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । 

    आजको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको छ ।

    १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

    नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।

    देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij