Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोइराला पक्षको निष्कर्ष : देउवा एकलौटी रुपमा अघि बढे

कोइराला पक्षको निष्कर्ष : देउवा एकलौटी रुपमा अघि बढे

  • 382
    SHARES
  • कोइराला पक्षको निष्कर्ष : देउवा एकलौटी रुपमा अघि बढे

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । 

    बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

    भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।

    पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिबद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij