Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

घर भत्किँदा एक बालिकाको मृत्यु

घर भत्किँदा एक बालिकाको मृत्यु

  • 337
    SHARES
  • घर भत्किँदा एक बालिकाको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका-५ पोखरीमा बुधबार घर भत्किँदा ४ महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

    बेदकोट-४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् ।

    पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारू र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij