वेबटिभी खबर
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल ठेकेदारका कारण अभाव भएको बताएका छन् ।
बुधबार १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आयोजित कार्यक्रममा मन्त्री यादवले मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकेदारको बेवास्ता गरेका कारण मल ल्याउन नसकिएको मन्त्री यादवको भनाइ छ । उनले भने, ‘मलको ठेक्का प्रणाली राम्रो छैन । अब निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला आएको छ ।’
भारतले मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij