वेबटिभी खबर
काठमाडौं । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
समितिले जारी गरेको मूल्य विवरणअनुसार आइतबार भिन्डि प्रतिकेजी २० रूपैयाँ रहेको छ । त्यस्तैगरी पाकेको फर्सी २५ रूपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रूपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रूपैयाँ प्रतिकेजी रहेको छ ।
ठूलो गोलभेँडा प्रतिकेजी ९० रूपैयाँ पर्दछ भने सानो लोकल ३० रूपैयाँ छ । रातो आलुको मूल्य प्रतिकेजी ४५ रूपैयाँ तय गरिएको छ ।
त्यस्तै मुडेको आलु ३६ रूपैयाँ, सुकेको प्याज १३० रूपैयाँ मूल्य तोकिएको छ । लोकल बन्दा ५० रूपैयाँ, स्थानीय काउली ६० रूपैयाँ, सेतो मुला ५० रूपैयाँ, घिउसिमी ६० रूपैयाँ, तने बोडी ४० रूपैयाँ भन्टा प्रतिकेजी २० रूपैयाँ मूल्य निर्धारण गरिएको छ ।
कालीमाटी बजारले दिएको थोक मूल्य विवरणअनुसार भन्टा भिण्डी आलु गोलभेँडालगायत तरकारीहरू भने ५० रूपैयाँभन्दा कम मूल्यमै किन्न पाइन्छ । तर ब्रोकाउली, च्याउ, गुन्द्रकु पुदिना कुरिलो प्याज, कागती गान्टेमुला पार्सले सेलरी जिरीको साग भने सय रूपैयाँभन्दा बढी मूल्य पर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij