Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हत्या गरेको आरोपमा १२ जना पक्राउ

हत्या गरेको आरोपमा १२ जना पक्राउ

  • 459
    SHARES
  • हत्या गरेको आरोपमा १२ जना पक्राउ

    बारा । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन् ।

    यस्तै अन्य जीतपुरसिमरा-२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा-३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा-६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा-३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक रहेकाे प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij