Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

तरकारी र फलफूलको बजार मूल्य

तरकारी र फलफूलको बजार मूल्य

  • 448
    SHARES
  • तरकारी र फलफूलको बजार मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार मूल्य ताेकेकाे छ । आज शुक्रबार रातो आलु प्रतिकेजी ४६ रूपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रूपैयाँ रहेको छ ।

    मुढेँको आलु ३६ रूपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रूपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रूपैयाँ केजी रहेको छ ।

    स्थानीय काउलीकाे मूल्य ५० रूपैयाँ तय गरिएकाे छ ।  यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ ।

    लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रूपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रूपैयाँ प्रतिकेजी रहेको छ ।

    त्यस्तै च्याउ कन्ये २४० रूपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रूपैयाँ रहेको छ । चुकुन्दर ७० रूपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रूपैयाँ रहेको छ । तामा १२० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij