Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोनाबाट अति प्रभावित ब्राजिलले आफै खोप बनाउन सुरु 

कोरोनाबाट अति प्रभावित ब्राजिलले आफै खोप बनाउन सुरु 

  • 567
    SHARES
  • कोरोनाबाट अति प्रभावित ब्राजिलले आफै खोप बनाउन सुरु 

    साओ पाउलो । कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोना भाइरसविरुद्धको खोप आफै बनाउन थालेको छ । 

    साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् । ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए । 

    ‘ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोना भाइरसविरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन,’ उनले भने । 

    संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पारे । आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उनले गरे । सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन । 

    बुतानभ्याक नामक कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिदै आएको हो । 

    कोरोनाभाइरस विरुद्धको खोप अभियानअन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    ‘ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्,’ गर्भनर डोरियाले भने ।   

    यस वर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उनले बताए । महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्वन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij