Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा इजरायलमा ४४ को मृत्यु

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा इजरायलमा ४४ को मृत्यु

  • 738
    SHARES
  • धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा इजरायलमा ४४ को मृत्यु

    तेल अभिभ । इजरायलको धार्मिक उत्सवका क्रममा भागदौड मच्चिँदा दर्जनौं मानिसको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको तथ्यांक सरकारले पुष्टि गरिसकेको छैन तर स्थानीय सञ्चारमाध्यामका अनुसार कम्तिमा ४४ जनाको मृत्यु भएको छ । 

    इजरायलमा कोरोना महामारीपछि त्यहाँ हजारौं मानिसको उपस्थिति हुने गरी सबैभन्दा ठूलो धार्मिक उत्सव आयोजना गरिएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस घटनालाई ‘ठूलो विपद’ भन्दै घाइतेको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको बताएका छन् । 

    इजरायलको राष्ट्रिय आपतकालीन सेवा मेगेन डेभिड एडम (एमडिए) ले मृतकको संख्या विना धेरै मानिसको मृत्यु भएको बताएका छन् ।

    हजारौं परम्परावादी यहूदीहरू लाग बोमर मनाउन प्रत्येक वर्ष पूर्वोत्तर इजरायलको मेरन पर्वतअन्तर्गत मेरन सहर जान्छन् । त्यही ठाउँमा दोस्रो शताब्दीका यहूदी सन्त रब्बी शिमोन बार योचाइको समाधि रहेको छ । त्यस स्थानलाई यहूदीका लागि संसारमै महत्वपूर्ण धार्मिक ठाउँ मानिन्छ । 

    लग बोमर चाडको समयमा भक्तहरू आगो बाल्ने, प्रार्थना गर्ने र नाचगान गर्छन् । गत वर्ष कोरोना महामारीका कारण यस पर्व स्थगित गरिएको थियो । टाइम्स अफ इजरायलका अनुसार बिहीबार राति एक लाख मानिसहरू त्यस कार्यक्रममा सहभागी भएका थिए र धेरै व्यक्तिहरु शुक्रबार त्यहाँ पुग्नेवाला थिए । 

    दुर्घटना बारेको प्रारम्भिक रिपोर्टमा त्यहाँ एउटा संरचना खस्दा भागदौड भएको अधिकारीहरुले बताएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij