वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद् सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गरेका छन् ।
उनले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताए । सांसद् गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गरे ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उनको भनाइ छ । खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उनले बताए ।
इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उल्लेख उनकाे भनाइ छ । उनले बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij