Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बेँसीशहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

बेँसीशहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

  • 359
    SHARES
  • बेँसीशहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

    काठमाडौं । शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरूद्ध बेँसीशहर चामे सडक सञ्चालनमा आएको छ ।

    अवरूद्ध भएको बेँसीशहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीशहर-बाझाखेत खुदी सडकको प्रयोग गरि सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए ।

    वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीशहर-चामे सडक अवरूद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ ।

    प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरूद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij