Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

वायु प्रदूषणले आयु घटायो

वायु प्रदूषणले आयु घटायो

  • 590
    SHARES
  • वायु प्रदूषणले आयु घटायो

    काठमाडौं । वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तो खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार भारतकाे नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित शहर हो ।

    वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ । एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो-गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन् ।

    यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका बिरामी बढेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij