वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता ओली सरकारको पालामा नै कार्यान्वयन भइसकेको दावी गरेका छन् ।
आज बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले सन् २०१९ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एसपीपी कार्यान्वयन गर्ने काम भएको बताउँदै अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने उल्लेख गरे।
उनले भने, ‘यो सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ ।’
प्रचण्डले सत्ता गठबन्धन एसपीपीजस्ता सम्झौता गर्नतिर नलाग्ने दावी गर्दै भने, ‘हिजोआज एउटा प्रश्न, एसपिपी भन्ने हुँदैछ रे, सैनिक सम्झौता हुँदैछ रे, भइ नै सक्यो भन्याजस्तो गरी प्रचार गरिएको छ विल्कुल झुटो हो।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij