Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपाली सेनाले भन्यो– एसपीपी सम्झौता प्रक्रिया अघि बढेको छैन 

नेपाली सेनाले भन्यो– एसपीपी सम्झौता प्रक्रिया अघि बढेको छैन 

  • 525
    SHARES
  • नेपाली सेनाले भन्यो– एसपीपी सम्झौता प्रक्रिया अघि बढेको छैन 

    काठमाडौं । नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा  ध्यानाकर्षण भएको जनाएको छ । 

    नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यममा चर्चामा आएको एसपीपीसम्बन्धी समाचारमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ ।

    एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

    नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा बताएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij